यौनांग विना जन्मिएकी युवती ऐतिहासिक शल्यक्रिया सम्पन्न

मानिसहरुले यो संसारमा जन्म लिदा कोहि अपांग समेत भएर जन्मिने गर्दछन तर संसारमा अहिले यस्तो पनि घटना घटेको छ जुन सुन्दै छक्क परिन्छ । एक युवतीले जन्म त लिईन् तर उनको यौनांगनै थिएँन ।

ब्राजिलकी २३ वर्षीया जुसिलाइन मरिनोको जीवन निकै कष्टप्रद हुन्थ्यो होला । मरिनो जन्मिँदै उनको यौनांग थिएन । जीवन निकै कठिन बनिरहेको थियो । तर, विज्ञानले यस्तो गरेर देखाइदियो, जुन कल्पनाभन्दा बाहिर थियो ।

ब्राजिली डाक्टरहरुले फेडरल युनिभर्सिटी अफ सियरामा एउटा ऐतिहासिक शल्यक्रिया सम्पन्न गरे र मरिनोको जिउमा यौनांग प्रत्यारोपण गर्न सफल भए ।

मरिनोको शरीरमा हालिएको यौनांग टिलापिया जातको माछाको छालाबाट बनाइएको हो ।

गत वर्ष अप्रिलमा यो शल्यक्रिया गरिएको थियो । तर, शल्यक्रिया पूर्ण रुपमा सफल भएर मरिनोको शरीरमा नयाँ यौनांगले पूर्णरुपमा काम गर्न थालेपछि मात्र यसको खुलासा गरिएको छ ।

माछाको छालाबाट महिलाको यौनांग बनाउन कसरी सम्भव भयो ? उक्त शल्यक्रिया गर्ने डाक्टरका अनुसार टिलापिया माछाको छालाले मानिसको शरीरसँग जोडिएर स्टेम कोशिकाको रुपमा काम गर्दछ । अनि, मानव छालामै मिलेर सेल्युलर टिस्यूको विकास गर्दछ । जसबाट यौनांगका तन्तुहरु बन्दछन् ।

यौनांग नै नभएको आफ्नो शारीरिक अवस्थाका कारण मरिनो लामो समयदेखि डिप्रेसनमा थिइन् । अब आफुले पनि अरु महिलाले जस्तै बच्चा जनमाउन पाउने र आफुले पनि आम महिलाले जस्तै यौन जिवनको अनुभव गर्न पाउने भएपछि उनी अहिले निकै खुसी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्