केरा देखाउदा गुन्डागर्दीको अभियोगमा एक युवक पक्राउ

केरा एक फलफुल हो । तर यहि केराले गर्दा एक युवकलाई गुन्डागर्दीको अभियोगमा पक्राउ गरिएको छ । आफुसँग रहेको केरा खानुको साटो पुलिसलाई देखाए पछी अमेरिकाको एक युवकलाई गुन्डागर्दीको अभियोग लगाइएको हो ।

पश्चिमी कोलोराडोस्थित एक सडकमा पुलिसले चेकजाँच गरिरहेको थियो । सोही सडक हुँदै २७ वर्षीय नाथन रल्फ चेनिंग गईरहेका थिए । जब पुलिसले उनलाई चेकजाँचका लागि रोक्यो नाथनले एकाएक गोजीबाट केरा निकालेर पुलिसलाई पेस्तोल तेर्साएझैँ गरी देखाए ।

सुरुमा त साँच्चीकै पेस्तोल पो ताकेको हो की भनेर पुलिस आत्तिए तर जब ती युवकको हातमा रहेको चिज केरा भएको देखे, तब शान्त भए । त्यसपछि पुलिसले तत्कालै ती युवकको हातबाट केरा थुते र नाथनलाई घोक्राउँदै गिरफ्तार गरे ।

पुलिसलाई केरा देखाउने ती युवकले पुलिसलाई दिएको बयानमा आफुले युट्युुबका लागि एउटा फन्नी भिडियो तयार गर्न त्यसो गरेको बताएका छन् ।

पुरानो समाचार खोज्नुहोस्