कलाकार बुद्दी तामाङको रोमान्टिक अभिनय

नेपाली चलचित्र क्षेत्रमा जम्दै गएका कलाकार बुद्दी तामाङको फिल्म ‘मट्टमिाला जेठ २५ गतेबाट रिलिज हुन तयारीमा छ । उनलाइ सबैले एक कमेडी कलाकारको रुपमा मात्र हेर्दै आएका छन तर अब उनलाई एक रोमान्टिक कलाकारको रुपमा दर्शकहरुले हेर्न पाउने भएका छन ।

चलचित्रमा समावेश ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सुमन राई र अमृता लिम्बुको आवाज रहेको यो गीतमा सुमन राइको संगीत, रोशन भट्टराइको शब्द छ । राजेश पुमाले कोरियोगं्राफी गरेको गीतको भिडियोलाई राहुल राइले खिचेका हुन भने अनिलकुमार महर्जनले सम्पादन गरेका हुन् ।

टेके पौरखी राइको निर्देशनमा तयार भएको यो चलचित्रले कमेडी र सस्पेन्सलाई देखाउन खोजेको छ । चलचित्रमा बुद्दि तामाङ, रजनी गुरुङ, पि्रयंका कार्की, शिशिर राणा लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा टेके राइकै कथा र संवाद छ भने पृथ्वी राइले यो चलचित्रलाई निर्माण गरेका हुन् । महंगो मुल्यको मट्टमिालाको कथालाई यो चलचित्रले रमाइलो तरिकाले देखाउन खोजेको छ ।

पुरानो समाचार खोज्नुहोस्