नेपाल प्रेस युनियनद्वारा आक्रमणको निन्दा गर्दै विज्ञप्ति जारी

नेपाल प्रेस युनियन मोरङका कोषाध्यक्ष दिनेश गिरीमाथि सांघातिक आक्रमण भएको छ।

गिरीमाथि शनिबार साँझको समयमा मोरङ बेलबारीस्थित घरमै बसेको अवस्थामा विशाल थापा, जगेन गुरुङ र चित्र खड्काको समूहले आक्रमण गरेको हो। आक्रमणमा परेका गिरीको टाउको तथा जीउमा चोट लागेको छ।

समाचार लेखेकै आधारमा आफूमाथि सांघातिक आक्रमण गरिएको पत्रकार गिरीले बताए। यो घटनाले सार्वजनिक चासोको विषयमा समाचार लेखेपछि सम्बन्धित पक्षले देखाउने असहिष्णु व्यवहारलाई पुनः उजागर गरेको छ।

नेपाल प्रेस युनियनले आज प्रेस विज्ञप्ति जारी गरी पत्रकार गिरीमाथि भएको आक्रमणको निन्दा गर्दै घटनामा संलग्नहरुलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भयरहित वातावरणमा समाचार संकलन, प्रकाशन र प्रसारणको व्यवस्था मिलाउन स्थानीय प्रशासन र स्थानीय तहका प्रतिनिधिहरुसँग युनियन जोडदार माग गर्दछ । ”

पुरानो समाचार खोज्नुहोस्