अमेरिकी गायक निक जोनाससँग प्रियंकाको अफेयर

अभिनेत्री प्रियंका चोपडाको चर्चा यतिबेला बलिउडमा मात्र नभएर हलिउडमा पनि उत्तिकै रहेको छ । तर उनको यतिबेला अफेयरको कुरा अगाडी आइरहेको छ । अमेरिकी गायक निक जोनाससँग उनि नजिकिएकी छिन् । केही दिनअघि दुबै लस एन्जेलिसमा डिनर सेटमा भेटिएका छन् । प्रियंकाले उक्त क्रममा कालो कलरको ड्रेस लगाएकी थिइन् ।

त्यस्तै निकले भने कालो र सेतो प्रिन्टेड शर्ट, कालो ज्याकेट र जिन्स पेन्टमा देखिएका थिए । रिर्पोटका अनुसार पछिल्लो समय प्रियंका २५ वर्षीय अमेरिकी गायक निकसँग डेटमा छिन् ।

निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन् । दुबैका केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जुन तस्वीरमा दुबैले एक अर्कासँग समय विताइरहेको देख्न सकिन्छ । दुबै सन् २०१७ मा पहिलो पटक मेट गाला कार्यक्रममा एकसाथ देखिएका थिए। त्यसबेला देखिनै उनीको अफेयरको चर्चा चलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्