आजदेखि पुन: हवाई उडान सुचारु

भोजपुर । आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन: सुचारु हुने भएको छ।

नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो। हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ।

राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौँको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिए। बढेको भाडासहित काठमाडौँ-भोजपुरको भाडा पाँच हजार १३० पुगेको छ।

गत जेठ ८ गतेदेखि ट्वीनअटर जहाज मर्मत गर्नुपर्ने भएकाले निगमले हवाई सेवा अवरुद्ध गरेको थियो। निगमले भोजपुरदेखि काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार हप्तामा चार दिन उडान भर्ने गरेको छ। हवाई सेवा सुचारु भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन्। रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्