बाजुरा जिल्ला केन्द्रविन्दु भइ ४ दशमलव ९ म्याग्निच्युटको भूकम्पको धक्का

२२ जेठ, सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।

मंगलबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्प गएको थियो ।

भूकम्पको धक्का बाजुरासहित, अछाम, डोटी, बझाङ, डडेल्धुरा र दार्चुलामा पनि महसुश गरिएको थियो ।

क्षतिको विवरण भने आएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्