फिल्म क्षेत्र बाट टाढा रहेर कृषि क्षेत्रमा व्यस्त धर्मेन्द्र

बलिउड अभिनेता धर्मेन्द्र यतिबेला फिल्म क्षेत्र बाट टाढा रहेर कृषि क्षेत्रमा व्यस्त रहने भएका छन । धर्मेन्द्रले इंस्टाग्राममा गाईलाई खाना खुवाई रहेको तथा खेत बारीमा काम गरिरहेको भिडियोहरु पनि शेयर गर्ने गर्दछन ।

त्यस्तै उनले आफैले फलाएको आँपका बारेमा वर्णन गर्दै गरेको भिडियो पनि शेयर गरेका छन् । उनले भिडियोमा भनेका छन्, यो आँप आफ्नो खेतको र आफ्नै कर्मको फल भएको बताएका छन् ।

भारतको पञ्जाबस्थित लुधियानामा जन्मिएका धर्मेन्द्र ८२ वर्षका भइसकेका छन्। बलिउड क्षेत्रमा निकै चर्चा कमाएका धर्मेन्द्र पछिल्लो समय बलिउड क्षेत्रबाट टाढा भएर खेतबारीमा जीवन विताइरहेका छन् ।

पुरानो समाचार खोज्नुहोस्