२० बर्ष अगाडी रवि लामिछानेको यस्तो थियो कमेडी शो (भिडियो)

अहिले सामाजिक संजालमा सबैभन्दा बढी चर्चामा रहेका रवी लामिछानेले ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर विश्व रेकर्ड कायम गरिसकेका छन ।

सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका हुन् । लामिछाने न्युज २४ टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग चलाएर चर्चामा छन् ।

जनताका प्रश्नलाई सिधै सरोकारवालासम्म पुर्याउने र समाधान गर्ने कारण कार्यक्रम निकै नै लोकप्रिय छ । सामाजिक, राजनीतिक र अन्य विकृती-विसंगति विरुद्ध शसक्त रुपमा आवाज उठाउने र भण्डाफोर गर्ने रवि लामिछाने धेरै पहिला नेपाल टेलिभिजनमा हास्य कार्यक्रम संचालन गर्थे । 

पुरानो समाचार खोज्नुहोस्