तस्करसँग पैसा लिँदै गरेको तस्वीर खिच्दा प्रहरीबाट कुटिए पत्रकार

२२ जेठ, तस्करसंग पैसा लिँदै गरेको तस्वीर खिच्ने पत्रकार महोत्तरी प्रहरीबाट कुटिएका छन् ।

नेपाल टेलिभिजनका महोत्तरी सम्वाददाता राजीव राय कुर्मीमाथि प्रहरी हवल्दार राजेन्द्रबहादुर बस्नेतले तस्करसँग पैसा लिँदै गरेको तस्वीर खिचेको भन्दै कुटपिट गरेका हुन् ।

पत्रकार कुर्मीले महोत्तरीको सीमा नाका रहेको सम्सी गाउँपालिकास्थित बजार क्षेत्रमा बर्दीमै रहेका प्रहरी जवान राकेश रायले पैसा लिइरहेको फोटो अाफूले खिचेलगत्तै प्रहरी हवल्दार बस्नेतले आएर फोटो डिलिट गर्न धम्की दिँदै हातपात गरेको गुनासो गरे ।

घटनावारे जानकारी पाएका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले घटनाबारे बुझेर दोषी भेटिए कारबाही गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाले घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

पछिल्लो समय सम्सीका विभिन्न नाका हुँदै दैनिक लाखौं रकम बराबरको सामान प्रहरीकै मिलोमतोमा तस्करी भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्