पर्ल एकेडेमीले संस्थापक डम्बरलाई सम्झीयो

 

कानेपोखरी । मोरङको कानेपोखरी–६ रमाइलोस्थित पर्ल एकेडेमी इंग्लिस स्कुलले विद्यालयका संस्थापक स्वर्गीय डम्बरसिंह गुरुङको जन्मदिनका अवसरमा विविध कार्यक्रम गरेको छ । विद्यालयले शिक्षक सम्मान, विद्यार्थी पुरस्कृत र सांगीतिक कार्यक्रम समेत गरेको हो ।
शुक्रबार विद्यालय परिसरमा आयोजित समारोहमा दुई उत्कृष्ट शिक्षक तथा शिक्षिकालाई सम्मान गर्नुका साथै विदाई भएर गएका शिक्षकहरुलाई कदरपत्रले सम्मान गरिएको छ । जसमा वर्षभरीका उत्कृष्ट शिक्षक मञ्जिल गौतम र शिक्षिका सुनिता रसाइलीलाई सम्मान गरिएको हो । साथै विदाई भएर गएका शिक्षकहरु विश्वास दाहाल, शिव बजगाई र हेमराज भण्डारीलाई कदरपत्र प्रदान गरिएको थियो ।

यसैगरी, गत शैक्षिकसत्रमा नर्सरीदेखि १० कक्षासम्मका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा स्टेशनरी सामग्री वितरण समेत गरिएको थियो । सो अवसरमा विद्यालय उत्कृष्ट, सरसफाईमा राम्रो, नियमित स्कुल आउने, अनुशासित र हरेक महिनाको अन्तिम शुक्रबार हुने अतिरिक्त कृयाकलापमा विजयी हुने विद्यार्थीहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।


कार्यक्रममा अभिभावकहरु अम्बिका अर्याल, कमल धिमाल, प्रकाश धिमाल, लिला श्रेष्ठ, हिमप्रसाद तिम्सिना, संगीता राई, संगीता फुयल, निर्मला ओझालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम विद्यालयकी निर्देशक मनकुमारी गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो कार्यक्रम सहायक प्रिन्सिपल दिपेश रिजालले सञ्चालन गरेका थिए । कार्यक्रममा विद्यालर्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै ¥याप समेत प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्