स्थानियवासी अधिकारीद्वारा भागीरथ मा वि लाई प्रोजेक्टर प्रदान

३१ जेठ पथरी , पोखरामा मिडिल इस्ट होटल सञ्चालक पथरीशनिश्चरे–४ स्थानियवासी निरज अधिकारीले आफ्नो छोराको स्मृतिमा पथरीशनिश्चरे नपा वडा नं. ४ स्थित भागीरथ माध्यमिक विद्यालयलाई एक थान प्रोजेक्टर प्रदान गरेका छन् ।

निरजका छोरा विवेक अधिकारीको मिति २०७४ माघ १० गते १९ वर्षको उमेरमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो । सो को स्मृतिमा प्रोजेक्टर प्रदान गरिएको हो ।

जेठ ३१ गते विद्यालयको प्रार्थना सभामा निरज अधिकारीका प्रतिनिधि इन्द्रप्रसाद दुलालले विद्यालयका प्रधानाध्यापक डिल्लीराज दाहाललाई ४० हजार रुपैयाँ बराबरको प्रोजेक्टर प्रदान गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्