बसले ट्रकलाइ ठक्कर दिदा १५ यात्रु घाइते

९ असार, नवलपरासी ।

नवलपरासीको गैँडाकोटमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले शनिबार बिहान ४ः३० बजे ठक्कर दिँदा १५ जना यात्रु घाइते भएका छन् ।

प्रहरीका अनुसार, घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको उद्धार गरेर पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पुरानो समाचार खोज्नुहोस्