बिहेको भोजमा मासु अड्किएर एकको मृत्यु

नुवाकोट, ९ असार ।

रासस – बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको शुक्रबार मृत्यु भएको छ ।

आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरानो समाचार खोज्नुहोस्