विद्यालय गएका बालक नदीमा मृत अवस्थामा फेला

सल्यान, ९ असार ।

सल्यान जिल्लाको त्रिवेणीस्थित विद्यालय गएका डिल्लीबहादुर बुढाथोकीका साढे ४ वर्षीय छोरा दीपक बुढाथोकी शुक्रबार बेलुकी मृत अवस्थामा भेटिएका हुन् ।

खेत जोतेर फर्किन लागेका स्थानीय रामबहादुर भण्डारीले बेलुकी शारदा नदीमा मृत अवस्थामा बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय मेरिगोल्ड बोर्डिङ्ग स्कुलबाट पढेर घर फर्किने क्रममा पौडी खेल्न खोज्दा बालकको डुवेर ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

पुरानो समाचार खोज्नुहोस्