बिषालु जंगली च्याउ खाएर एकै परिवार पाँच जना विरामी

१० असार । झापाको शिववसताक्षी नगरपालिकामा जंगली च्याउ खाएर एक परिवारका पाँच जना विरामी भएका छन् ।

जंगली च्याउ खाँदा शिवसताक्षी नगरपालिका –८ बस्ने विरबहादुर तामाङ, उहाँकी पत्नी धनमाया तामाङ, बुहारी रिना तामाङ, नातिनी करुणा तामाङ र बहिनी फुलमाया तामाङ बिरामी परेका हुन् ।

बहिनी फुलमायाले जंगलबाट टिपेर ल्याएको च्याउ हिजो बिहान उनीहरुले पकाएर खाएका थिए । सिकिस्त बिरामी परेका उनीहरुको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको छ ।

पुरानो समाचार खोज्नुहोस्