देउवा तनाबमा,आफ्नै कार्यकर्तालाई पनि भेट दिएनन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तनाब भएपछि तनाब कम गर्न भन्दै पर्यटकीय नगरी सौराहामा आराम गरेर बसेका छन् ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि देउवा सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् । देउवा निकट नेताका अनुसार देउवा जिल्ला साभापतिको भेला पछि स्थानीय नेता र कार्यकर्ता सँग पनि भेटघाट गर्न रुची देखाएका छैनन् ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहेको ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहेको बताइएको छ ।

पुरानो समाचार खोज्नुहोस्