गणतन्त्रका लागिओली खतरा, ज्ञानेद्र सरकार नै ठिक : गगन थापा

२९ जेठ काठमाडौं । कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गणतन्त्रका लागि खतराको संज्ञा दिएका छन् । थापाले प्रधानमन्त्री ओली लोकतान्त्रिक गणतन्त्रको विरोधी भएको आरोप लगाउँदै भने, ‘गणतन्त्रको एउटा खतरा ओली नै हुन् । उनको दुईतिहाइ गणतन्त्रका लागि शुभ-संकेत होइन ।’

नेविसंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले भने, ‘मुलुकमा संघीयता सबै भन्दा बढी मन नपराउने व्यक्ति कोही छन् भने ती ओली नै हुन् ।

चुनाव कांग्रेसका लागि चुनाव एउटा लडाइ भएको बताउँदै थापाले भने, ‘कांग्रेसले एउटा लडाइ हारेको छ । तर युद्ध हारेको छ ।’ एक फरक प्रसंगमा उनले अहिलेको बाम सरकार भन्दा पहिलाको राजतन्त्रको अवस्थाको ज्ञानेद्र सरकार नै ठिक भएको बताएका छन् ।

थापाले संवैधानिक निकायलाई समेत राजनीतिक प्रभावमा राख्न खोजेर अधिनायकवादतर्फ लम्किने संकेत दिएको र प्रधानमन्त्रीलाई अन्य राजनीतिक शक्तिको अस्तित्व स्वीकार्न सकस भएको टिप्पणी गरे । उनले ओलीका गतिविधि चिन्ताजनक रहेको भन्दै चुप लागेर नबस्ने चेतावनी समेत दिए ।

पुरानो समाचार खोज्नुहोस्