महिनावारीमा पेट दुख्दा सेवन गर्नुस यी खाने कुरा

महिनावारी महिलाहरुमा हुने एक प्राकृतिक नियम हो । महिनावारीमा हुने रक्तश्राव र ढाड तथा पेट दुखाइका कारण धेरैजसो महिलाहरुले कमजोर महसुस गर्छन्।

हाम्रो समाजमा महिनावारी सम्बन्धि उचित चेतना नहुँदा, त्यस समयमा खानुपर्ने खानाबाट समेत महिलाहरु बन्चित हुन्छन्। यदि महिनावारी प्राकृतिक चक्र हो र यो समयमा यी पौष्टिक खानाहरु खानुपर्छ भन्ने ज्ञान हुन सक्यो भने महिलाहरुमा स्वस्थ हुन सक्छन्।

यहाँ केही त्यस्ता खानेकुराहरुको बारेमा चर्चा गरिएको छ, जसले महिनावारीको समयमा हुने दुखाइबाट छुटकारा दिनुको साथै शरीरलाई स्वस्थ बनाइराख्छन् :

१. चकलेटमा आइरन, केफिन जस्ता तत्व हुने हुँदा, यसले दुखाइ कम गरिदिनुको साथै मुड पनि राम्रो गराइदिञ्छ।

२. ड्राइफ्रुट्स (बदाम, काजु आदि) मा क्याल्सियम हुन्छ र यो महिनावारीमा खाँदा दुखाइ कम गरिदिन्छ।

३. मेवामा हुने तत्वहरुले दुखाइ कम गर्नुको साथै पाचन शक्तिलाई पनि बढाइदिन्छन् ।

४. केरामा हुने पोटासियम, म्याग्नेसियम आदिले दुखाइ काम गरिदिनुको साथै मुड पनि राम्रो बनाइदिन्छन् ।

५. हरियो तरकारीमा हुने आइरन, भिटामिन, म्याग्नेसियमले रगतलाई सफा बनाउनुको साथै दुखाइ कम गरिदिन्छन् ।

६. तुलसी, मह र पानी मिलाएर खानाले दुखाइ कम हुन्छ।

७. आलसले पनि दुखाइ कम गरिदिन्छ ।

८. अदुवालाई मह संगै पानीमा पकाएर खानाले दुखाइ कम हुन्छ ।

९. अण्डामा प्रोटिन हुने हुँदा महिनावारीको समयमा फाइदा गर्छ ।

१०. माछा खानाले पनि दुखाइ कम हुन सक्छ।

पुरानो समाचार खोज्नुहोस्