बोर्ड फष्ट भएको दावी गर्दै मोरङ पथरीको एभरेष्ट स्कुल

मोरङको पथरीशनिश्चरे नगरपालिका स्थित एभरेष्ट अंग्रेजी आवसीय माविले आफ्नो स्कुलबाट एसईई दिएकी छात्रा समिता कार्की बोर्ड फष्ट भएको दावि गरेको छ ।


एईई परीक्षामा कार्कीले न्एब्(द्ध (जीपीए—४)मा पास भएकी छन् । स्कुलका निर्देशक रविन कन्दङ्वाले छात्रा कार्कीले एसईई बोर्ड फष्ट भएको दावी गरेका हुन् ।

एभरेष्ट स्कुलबाटै यस अघि छात्रा सलिना राईले २०६९ को एसएलसीमा ९२.७५ प्रतिशत अंक ल्याएर बोर्ड पाँचौ भएको थियो । त्यसैगरी एभरेष्ट स्कुलमा पढ्ने विद्यार्थीहरु दीक्षा न्यौपाने र बिबेक कोइरालाले ९०.५ र आस्मा पोख्रेलले ९० प्रतिशत अंक ल्याएर एसएलसी पास गरेका थिए ।

पुरानो समाचार खोज्नुहोस्