रोनाल्डो ‘पेनाल्टी’मा चुक्दा पोर्चुगल समुह विजेता बन्न सकेन

समूह चरणको अन्तिम खेलमा ईरानले पोर्चुगललाई बारबरीमा रोकेको छ । गए राति भएको खेलमा रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगलले बराबरी एक/ एक गोलमा चित्ता बुझाउन परेको हो ।

पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिज्माले दिलाएको अग्रतालाई जोगाउँदै पोर्चुगलले दोस्रो हाफमा जोगाउन सकेन । खेलको अन्तिम मिनेटमा करिम अन्सारिफाडले पेनाल्टीमा बराबरी गोल फर्काएपछि अंक बाढेका थिए । त्यसअघि ५३ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेनन् । आफैलाई फाउल गरेर प्राप्त पेनाल्टी रोनाल्डोले प्रहार गर्दा इरानी गोलकिपरले रोकेका थिए ।

यो खेलसँगै इरान खेलबाट बहिरीएको छ, भने पोर्चुगल नकआउट चरणमा प्रबेशमा गरेको छ । पोर्चुगल समूह ‘बी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रबेशमा गरेको हो ।

स्पेनसँग बराबरी ५-५ अंक भए पनि राम्रो खेल प्रदर्शन गरेको आधारमा स्पेन समूह विजेता भयो भने पोर्चुगल उपविजेता हुँदै अन्तिम १६ मा पुग्यो। रोनाल्डोले पेनाल्टीमा गोल गर्न सकेको भए पोर्चुगल समुह विजेत बन्ने थियो ।

पुरानो समाचार खोज्नुहोस्