बाँकेमा आगलागीबाट पीडित ३२ घरपरिवारलाई नगद राहत वितरण

बाँके जिल्लाको डुडुवा गाउँपालिका-१ होलिया छिटाइपुर्वाका अग्निपीडितलाई राहत वितरण गरिएको छ।

२०७४ वैशाखमा भएको आगलागीबाट पीडित ३२ घरपरिवारलाई नगद राहत वितरण गरिएको हो। डुडुवा गाउँपालिका विपद् व्यवस्थापन कोषबाट अग्निपीडित ३२ परिवारलाई नगद रु दुई हजारका दरले वितरण गरिएको छ।

आज बिहान आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्र चौधरी, गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, वडाध्यक्ष पटेश्वर कुर्मी, वडादस्य सुष्मा यादवले सो रकम प्रदान गरे।

आगलागी भएको एकवर्ष बितिसक्दा पनि कुनै निकायबाट सहयोग नभएपछि गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार उक्त रकम वितरण गरिएको गाउँपालिकाले जनाएको छ। २०७४ साल वैशाख १५ गते भएको आगलागीबाट छिटाइपुर्वा गाउँका ३२ घर जलेर नष्ट भएका थिए।

पुरानो समाचार खोज्नुहोस्