सुक्नाहा बस्ने ८ बर्षीय बालक चट्याङको आवाजले बेहोस भएर मृत्यु

चट्याङको आवाजले बेहोस भएर ईश्वरपुर नगरपालिका-१५ सुक्नाहा बस्ने सपेन्द्र हजामको ८ बर्षीय छोरा आयुष ठाकुरको मृत्यु भएको छ।

आफ्नो काका रबिन्द्र ठाकुरसंग गोडैटा नगरपालिका–१० सिसौरिया स्थित बिवाहमा गएको अस्थामा गएराति पानीसंगै परेको चट्याङको आवाजले बेहोस भएका उनको उपचारको लागी जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

पुरानो समाचार खोज्नुहोस्