झापामा डुबेर एक बालकको मृत्यु

१२ असार । झापाको शिवसताक्षी नगरपालिका ७ सिंहहाङगेस्थित पैनीमा डुबेर एक बालकको मृत्यु भएको छ । घर नजिकैको पैनीमा पौडी खेल्नेक्रममा शिवसताक्षी नगरपालिका –२ बस्ने डम्बर बहादुर विश्वकर्माको छोरा १० वर्षिय गणेश विश्वकर्माको मृत्यु भएको हो ।

साथीहरुसँग पौडी खेल्न गएका गणेशलाई पानीमा डुबेपछि बाहिर निकालेर उपचारका लागी लाईफलाईन अस्पताल दमक ल्याईएको थियो । बालकको सोही अस्पतालमा हिजो साँझ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पुरानो समाचार खोज्नुहोस्