अर्जन्टिना र नाइजेरियाबीचको विश्वकप यस्तो छ सन् १९९४ देखि २०१४ सम्मको !

१२ असार । सन् १९९४ देखि २०१४ सम्मको अर्जन्टिना र नाइजेरियाबीचको विश्वकप यस्तो छ ।

सन् १९९४ विश्वकप : अर्जेन्टिना २-१ नाइजेरिया
सामसोन सिएसिएले गोल गर्दै नाइजेरियालाई पहिले अग्रता दिलाए पनि क्लाडिया कानिजियाले दुई गोल गर्दै अर्जेन्टिनालाई पुनरागमन जित दिलाएका थिए।

सन् २००२ विश्वकप : अर्जेन्टिना १-० नाइजेरिया
फरवार्ड गाब्रीएल बाटिस्टुटाले गरेको एक मात्र निर्णायक गोल मद्दतमा जापान र कवरयामा भएको विश्वकपमा अर्जेन्टिनाले खेल जितेको थियो।

सन् २०१० विश्वकप : अर्जेन्टिना १-० नाइजेरिया
डिफेण्डर गाब्रिएल हाइन्जले गरेको डाइभिङ हेड गोल मद्दतमा अर्जेन्टिनाले नाइजेरियालाई १-० ले पराजित गरेको थियो।

सन् २०१४ विश्वकप : अर्जेन्टिना ३-२ नाइजेरिया
कप्तान लियोनल मेसीको २ तथा मार्कोस रोहोको १ गोल मद्दतमा अर्जन्टिनाले नाइजेरियामाथि ३-२ को जित हासिल गरेको थियो। अफ्रिकन राष्ट्रका लागि मुसाले २ गोल गरेका थिए।

पुरानो समाचार खोज्नुहोस्