मेसीको कमब्याक संगै अर्जेन्टिना नकआउट चरणमा

सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको समूहको अन्तिम खेलमा नाइजेरियालाई २-१ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको सुरूवाती अग्रता अर्जेन्टिनालेनै लिएको थियो।

अर्जेन्टिनाले पहिलो हाफमा बनाएको अग्रता उल्टाएर नाइजेरियाले ५१ औं मिनेटमा बनाएको बराबरीमा फेरि अर्जेन्टिनाले गोल गर्दै अग्रता लिएको हो। १४ औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।

तर खेलको ५१औं मिनेटमा नाइजेरियाले पेनाल्टीमार्फत गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको हो।
अर्जेन्टिनाका मस्चिरानोले नाइजेरियाका खेलाडीलाई फल गरेपछि पाएको पेनाल्टीमा मोसेसले सहजै गोल गर्दै बराबरीमा ल्याएका थिए।

त्यसपछि खेलमा आक्रमक देखिएको अर्जेन्टिनाले खेलको ८६औं मिनेटमा मार्को रोजोले गोल गर्दै अर्जेन्टिनालाई अन्तिम १६ मा पुर्‍याएका हुन्।

आजै भएको अर्को खेलमा क्रोएसियाले आइसल्याण्डलाई २-१ गोल अन्तरमा हराएसँग अर्जेन्टिना समूहको उपविजेता भएको नकआउट चरणमा प्रवेश गर्‍यो।

समूह डी मा रहेका दुवै टोलीलाई नकआउट चरणमा पुग्न जित्नै पर्ने दबाब थियो। बराबरी खेले पछि एक खेलमा जित निकालेको नाइजेरिया दोस्रो चरणमा पुग्ने थियो।

यो समूहबाट क्रोएसिया समूह विजेता हुँदै नकआउट चरणमा पुगेको छ।

पुरानो समाचार खोज्नुहोस्