गायिका सुशिलाले गरिन ‘म त नेपाली’ बोलको गीत सार्वजनिक ( भिडियो सहित )

पछिल्लो समय एक पछि अर्को चर्चित गीतहरु गाएर दर्शक श्रोताहरु तथा गित संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल नायिका जस्ती सुन्दरी गायिका शुशिला पाठकले ‘म त नेपाली’ नामक गितको म्युजिक भिडियो लिएर आएकी छिन l

अमेरिका प्रवासमा रहेर नेपाली गीत सङ्गीतमा सक्रिय गीतकार अम्बिका गुरुङ र गायिका सुशिला पाठक अनि सङ्गीतकार शीलाबहादुर मोक्तानको संयुक्त कोसेली ‘म त नेपाली…’ बोलको गीत सार्वजनिक भएको छ । गीतको भिडियोलाई भाव सागर इन्टरनेन्टमेन्टको अफिसियल युट्युब साईटबाट सार्वजनिक गरिएको हो ।

समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा जुना सुन्दास, दीपक राज र गायिका सुशिला लगायतलाई फिचरिङ गरिएको छ । ज्ञानेन्द्र शर्मा, निरोज श्रेष्ठको छायाँकन रहेको गीतमा अनिल कटवालले ड्रोन चलाएको छन भने भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

पुरानो समाचार खोज्नुहोस्