ट्रम्पले किमलाई अमेरिका जान प्रतिबन्ध लगाए

१३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको निवार्चनमा ल्याएको एजेन्डा पारित भएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचनको समयमा ल्याएको एजेन्डा मुस्लिम बाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउन पर्ने थियो ।

पहिले नै यो मुद्दा अदालतमा पुगेको भए पनि विचाराधीन अवस्थामा रहको थियो । तर, अहिले अमेरिकी सर्वोच्च अदालतले ८ देशका नागरिक अमेरिका प्रवेश रोक लगाउनु पर्नेमा फैसला गरेको छ । यसअघि नै लगाइएको प्रतिबन्ध हाल आएर सर्वोच्चले सदर गरेसँगै सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएलाका नागरिकले अमेरिका प्रपेश गर्न पाउने छैनन् ।

राष्ट्रपति ट्रम्पले गत वर्ष नै यी आठ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको आदेशात्मक कानुन बनाएका थिए । त्यस कानुनलाई अमेरिकाका विभिन्न तहका अदालतले बदर गरिदिएका थिए । त्यसपछि ह्वाइट हाउस स्वयंकै यस मुद्दा सर्वोच्च अदालत पुगेको थियो ।
सर्वोच्च अदालतको यस्तो फैसलासँगै उत्तर कोरियाका नागरिक समेत अमेरिका जान प्रतिबन्धित भएको छ ।

केही हप्ता अगाडी अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली शासक किम जोङ उनबीच हङकङमा शिखरवार्ता भए पनि अमेरिकाले उत्तर कोरियाका नागरिकलाई अमेरिका जान प्रतिबन्ध लगाएको हो । वार्ता सकारात्मक भएको दुबै देश प्रमुखले प्रतिक्रिया दिए पनि अमेरिकाको यो निर्णयले त्यस्तो देखिँदैन ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि एकपछि अर्को गर्दै विभिन्न विषयमा उनका निर्णयहरू विवादमा परेका र अधिकांश त बदर नै भइरहेका छन् ।
कतिपयले उनको कार्यकाललाई विवादास्पद भनिरहेका छन् । तर यो फैसला भने ट्रम्पको पक्षमा आएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले यो पछिल्लो फैसलालाई उहाँको अहिलेसम्मकै ठुलो जितका रूपमा पनि लिएका छन् ।

विश्वका केही देश, मानवअधिकारवादी र अमेरिकी अधिकारवादीहरुले यसरी कुनै निश्चित देशका नागरिकलाई अमेरिका छिर्न नपाउने भनी गरेको निर्णयको विरोध गरेका थिए ।
तर मङ्गलवार अमेरिकी सर्वोच्च अदालतले भने ट्रम्पको निर्णय सदर गरिदिएको छ । यो मुद्धाको फैसला न्यायाधीशको बहुमत सङ्ख्याको आधारमा गरिएको बताइएको छ ।

उक्त मुद्धाको फैसलामा ४ जना न्यायाधीशले सदर गर्न नहुने अडान लिएका थिए भने ५ जनाले भने ती मुस्लिम देश बाहुल्य भएका र अरू २ गरी ८ देशका नागरिकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाउनुपर्ने पक्षमा मत राखेका थिए ।

पुरानो समाचार खोज्नुहोस्