उपचारमा रहेकी प्रचण्ड पत्नी सिता सिंगापुरमा स्विमिङ गर्दै

सिंगापुर उपचार जाँदैगर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सोफामा सुतेकी भेटिएकी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको नयाँ तस्वीर सार्वजनिक भएको छ । उपचारका लागि सिङ्गापुर पुगेकी सीताको स्विमिङ सिक्दै गरेको तस्वीर सार्वजनीक भएको हो ।

सीता सो तस्विरमा स्विमिङ क्याप र टीसर्ट लगाएकी देखिएकि छन् । उनलाई एक सहयोगीले पछाडीबाट मालिस गर्दै गरेको जस्तो देखिन्छ । उपचार गर्न जाँदा निराश देखिएको उनको अनुहारमा त्यति खुशी भने देखिदैन । उनलाई सहायकहरूले स्वीमिङ पनि सिकाएको बताइन्छ ।

उपचारमा गएकी उनलाई डाक्टरहरुको सुझाव अनुसार तनाव मुक्त गराउन स्विमिङ पुलमा लगिएको हो । प्रचण्डले उनलाई उपचारको सिलसिलामा सिङ्गापुरमा रिक्रिएसन गराइरहेका छन् । रिक्रिएसनमा तनाव मुक्त गर्ने अनेक विधि मध्ये उनलाई वाटर थेरापी गराइदैछ ।

छोरा प्रकाशको मृत्यु भएपछि सीता दाहाल विरामी पर्दै आएकी छिन् । काखका छोराछोरी गुमाउनुपर्दा सीता मानसिक रुपमा पनि त्यसलाई सहन सक्ने अवस्थामा छैनन्। प्रकाशको मृत्यु अघी उनको छोरीको समेत क्यान्सरबाट निधन भएको थियो। त्यसयता उनी निकै नै गलेको उनको अनुहारबाट देखिन्छ। उनको पटक पटक विदेशमा उपचार हुँदै आएको छ ।

सीताको तस्विर सार्वजनीक भए पनि उपचारको प्रकृया बारे दाहाल परिवारले केहि बताएको छैन । सीता सुगर, प्रेसर लगायतका विभिन्न रोगबाट पीडित रहेको जनाइएको छ ।

यसअघि उनको विमानस्थलको सोफामा सुतेको तस्वीर सार्वजनिक भएको थियो । उपचारका लागि सिङ्गापुर प्रस्थान गर्नुअघि एयरपोर्टको बिशेष कक्षभित्र सोफामा उनि सुतिरहेको तस्वीर सार्वजनिक भएको थियो । सीता सुतेको सोफाको अर्कोतर्फ प्रचण्ड उदास भावमा देखिएका थिए ।

सो तस्वीर फेसबुमा प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले शेयर गरेका थिए । सार्वजनिक भएको सीताको तस्विरमा उनी निकै गलेको रुपमा देखिएको थियो। उनले भिआइपी कक्षमा केहि समय रहँदा समेत स्थिर हुन नसकी सुतेको अवस्थामा तस्विर सार्वजनिक भएको थियो ।

पुरानो समाचार खोज्नुहोस्