प्रचण्ड भन्छन् :‘जीवनभर साथ दिने पत्नीको उपचार सकेर मात्र फर्कन्छु’

पत्नी सीता दाहालको उपचारका क्रममा सिंगापुरमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक सातापछि मात्रै नेपाल फर्कने भएका छन् ।

सीता दाहालको स्वास्थ्य अवस्था कमजोर भएपछि गत साता प्रचण्ड उपचारका लागि सिंगापुर पुगेका थिए । प्रचण्डकी कान्छी छोरी गंगा दाहालले दिएको जानकारीअनुसार ‘वाटर थेरापी’ र औषधिको ‘रियाक्सन’ हेरेर थप उपचार गर्नुपर्ने भएकाले प्रचण्डको बसाई लम्बिएको हो ।

सीताको उपचारका लागि अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल सिंगापुर पुगेका थिए । उपचार लम्बिने भएपछि छोरी गंगा आइतबार नेपाल फर्किएकी छिन् भने प्रचण्ड सिंगापुरमै छन् । पत्नी सीताको मनोविज्ञान र स्वास्थ्यलाई ख्याल गरेर नै प्रचण्डले आफ्नो बसाई लम्बाएका हुन् ।

विगत केही वर्षयता प्रचण्ड एकपछि अर्को पारिवारिक पीडामा छन् । छोरी ज्ञानु दाहालको निधन भएको ३ वर्ष नपुग्दै एक मात्र छोरा प्रकाश दाहालको पनि गत मंसीरमा निधन भएको थियो । यता पत्नी सीताको पनि स्वास्थ्य र स्मरणशक्ति कमजोर भएपछि अध्यक्ष प्रचण्डले परिवारका लागि समय दिन थालेका छन् ।

नेपालको राजनीतिक व्यस्तताका बाबजूद पनि प्रचण्ड उपचार सकेर मात्र नेपाल आउने मुडमा छन् । ‘जीवनभर साथ दिने श्रीमतिका लागि मैले पनि समय दिनुपर्छ भनेर नै बुवाले बुवाले बसाई लम्बाउनु भएको हो’ छोरी गंगा दाहालले भनिन् ।

छोरी गंगाले मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै आमाको स्वास्थ्यमा सुधार आएको जानकारी दिएकी छिन् । यस्तो छ छोरी गंगा दाहालले लेखेको स्टाटस ।

पुरानो समाचार खोज्नुहोस्