धरौटि तिरेर जेलबाट निस्केका श्रीनिवासले भने, ‘म सहि थिएँ, राष्ट्रिय छानविन आयोग गठन गर’

मोरङको विराटनगरमा गत चैत्र २५ गते गोली लागेका यूवा सन्त श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै श्रीनिवासाचार्यले आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा आचार्यले पत्रकारहरुलाई ‘पात्रकार’ नबन्नसमेत आग्रह गरेका छन् । उनले भने, ‘मेरो बारेमा जान्नको लागि पत्रकारले जुन भूमिका खेल्नुपर्ने थियो हुन सकेन, मैले सरकारबाट न्याय पाउन सकिँन ’।

आफूलाई गोली लाग्दा लाखौंले थाहा पाउनेगरि समाचार बनेको उल्लेख गर्दै उनले भने,‘ मलाई नै कुनै कुरा बोल्न नदिएर एकतर्फी पत्रकार सम्मेलन गरेर आफूले आफूमाथि गोली प्रहार गर्न लगाएको हो भन्ने समाचार विश्वले थाहा पाउने गरि प्रकाशित भए, सत्य जानेर समाचार लेखिएन, मनगढन्ते र अरुका कुराहरु सुनेर समाचारहरु प्रकाशित भए ।’

त्यस्तै कार्यक्रममा स्वामी पद्यमधर आचार्यले पत्रकार देशको आँखा भएकाले समाचार सम्प्रेषणमा ध्यान दिनको लागि आग्रह गरेका छन् ।

एकीकृत राप्रपा ‘राष्ट्रबादी’का सह–महामन्त्री एवम् प्रदेश नम्बर १ का संयोजक दीपेन्द्र भण्डारीले यूवा सन्त श्रीनिवासाचार्र्यको चरित्र हत्या गर्ने उद्देश्यले फसाउन खोजिएको आरोप लगाएका छन् ।

पुरानो समाचार खोज्नुहोस्