शिविर र वस्तीलाई सोलार वत्ती हस्तान्तरण

पथरीशनिश्चरे, मोरङको पथरीशनिश्चरे १० स्थित भूटानी शरणार्थीका लागि जडान गरिएको सौर्य सडक वत्ती नजिकको वस्तीका लागि पनि वितरण गरिएको छ ।


शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) दमकले आइकेय फाउन्डेशनको आर्थिक सहयोगमा लुथरन विश्व फेडेरेशनमार्फत जडान गरेको सौर्य सडक वत्ती एक कार्यक्रमका बीच नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
युएनएचसीआर दमक प्रमुख आना फेलोसी, लृुथरनका पूर्वाञ्चल प्रमुख राजेन्द्र राउत सहितले नगर प्रमुख दिलीपकुमार राई, सौर्य उर्जा उपभोग समितिका अध्यक्ष प्रेम ढकाल सहितलाई सञ्चालन, हेरविचार तथा व्यवस्थित उपभोगका लागि आवश्यक कागजात, सामग्री सहित सडक वत्तीको कार्यक्रम हस्तान्तरण गर्नुभएको हो ।

युएनएचसीआरले कार्यक्रममा ४ जना तालिमप्राप्त प्राविधिकलाई दुतका रुपमा हस्तान्तरण समेत गरेको छ । उनीहरुका लागि आवश्यक प्राविधिक सामग्री समेत हस्तान्तरण भएको छ ।सडक वत्तीको कार्यक्रम ग्रहणपछि बोल्दै नगर प्रमुख राईले यसखाले सडक वत्तीले नगरलाई उज्यालो नगर वनाउने क्रममा ठूलो सहयोग पुगेको भन्दै आभार व्यक्त गर्नुभयो ।
युएनएचसीआर दमक प्रमुख आना फेलोसीले युएनएचसीआर र स्थानीय नेपालीको ठूलो सहयोगमा शरणार्थीहरुमा राहत मिलेको जनाउनु भयो ।

उहाँले स्थानीय र शरणार्थीको सद्भाव र सहकार्य जारी रहोस् भन्ने शुभकामना समेत दिनुभयो । सन् २०१६ मा २२ वटा शिविर भित्र जडान भएको थियो । २०१७ थप २२ वटा जडान गरी वस्तीतर्फ समेत पुर्याइको थियो । नयाँ मंगलवारे डाँडातर्फ जाने गान्धीमनमोहन मार्गमा शिविरको सिरानदेखि १ हजार ५ सय ४० मिटर क्षेत्रमा २५ लाखको लागतमा ४४ वटा सौर्य सडक वत्ती जडान भएका छन् ।

नगरपालिका र स्थानीय उपभोक्ताको सहकार्यमा त्यसको मर्मत संहार गरिने हस्तान्तरित पत्रमा उल्लेख छ । ५ वर्षपछि मर्मत तथा ब्याट्ी फेर्दा ५ लाख ६१ हजार रुपैयाँको खर्च आउने लुथरनले अनुमान समेत पेश गरेको छ ।

तेस्रो मुलुक पुनर्वास कार्यक्रमले शिविरमा शरणार्थीको संख्या न्यून रहेपछि आफ्ना कार्यक्रमहरु कटौती गर्दै जाने क्रममा युएनएचसीआरले स्थानीयमार्फत वत्ती सञ्चालनको जिम्मेवारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्