शरणार्थी हुदै देसको लागि हिरो बन्न सफल लुका माेड्ररिक

तस्वीरमा देखिएकाे लुरे केटाे एउटा शरणार्थी हाे, जाे बारूदकाे बिचमा हुर्कियाे । क्राेसियाकाे स्वतन्त्रताकाे गृहयुद्धमा उसका अाफ्रनाे बाजे र छ जना अाफन्तहरूलाइ गाेली हानेर मारियाे ।

उनकाे अाफ्रनाे पूर्खाैली घर जलाइयाे । उनीहरू हाेटलमा बस्न बाध्य भए । हाेटलमा बस्दा त्यहाँकाे पार्किङ लटमा बसेर फुटबल खेल्याे । बमकाे अावाजलाइ फुटवलकाे नशाले भूल्ने काेशिस गर्याे । असहज परिस्थितिसँग जुद्दै अाज विश्वकपकाे रंगमन्चमा फुटवलकाे जन्म भएकाे देश वेलायतलाइ संसार कै सबैभन्दा ठूलाे फुटवल प्रतियाेगितामा धुलाे चटाउने टिमकाे नेतृत्वकर्ता बन्याे ।

लुरे केटाे अर्थात क्राेसियाली फुटवलकाे क्याप्टेन लुका माेड्ररिक । लुकाले अाज जित पछि भने वेलायतका पन्डित र विश्लेषकहरूले मिडियामा हामीलाइ साह्रै हेपे, कमजाेर ठाने, हामीले त्याे सबै पढिरहेका थियाै, त्याे नै अाजकाे जितकाे लागि सबैभन्दा ठूलाे प्रेरणा थियाे । जिराेबाट उठेर हिराे बनेका माेड्ररिक आज विश्वकप फुटवल प्रतियाेगिताको इतिहासमा पहिलो चोटी क्राेसियालाई उपाधि नजिक पुराउन सफल भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्