लागु औषधसहित २ जना बुटवलबाट पक्राउ

२८ असार,  लागु औषधसहित २ जना बुटवलबाट पक्राउ परेका छन् । कास्की पोखरा लेखनाथ महानगरपालिका- १५ बस्ने वर्ष १९ का रोनित राना र तनहुँको व्यास नगरपालिका-७ बस्ने वर्ष २१ का रोजन गुरुङ पक्राउ परेका हुन् ।

भारतको सुनौलीबाट खरिद गरी ग २ प ४९३३ नम्बरको मोटरसाइकलमा पोखरातर्फ लैजाँदै गर्दा उनीहरुलाई बुटवल उपमहानगरपालिका वडा नम्बर ९ मिलनचोकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरुको शरिर खानतलासी गर्दा प्लाष्टिक ब्यागभित्र कृष्ण कन्हैया लेखेको शालिग्राम धुपमा लुकाएको नुफिन १७, फेनारगन ३४, सेरिजैक ३४, टालजेसिक १७ एम्पुल्स, नाइट्राभेट १०५ ट्याव्लेट फेला परेको हो ।

लागु औषध मुद्दामा रुपन्देही जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्