प्रधानमन्त्रीले चीनलाई गरे दुर्लभ एक सिंगे गैंडाको जोडी हस्तान्तरण

२८ अषाढ, सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एक सिंगे गैंडाको जोडी बिहिबार हस्तान्तरण गरेको छ। प्रधानमन्त्री केपी ओलीले चिनियाँ राजदुत यू होङलाई राष्ट्रिय प्रकृति संरक्षण कोषमा एक समारोह आयोजना गरी एक जोडी गैंडा ‘भद्र’ र ‘रुपसी’ हस्तान्तरण गरेका हुन्। ओली नेतृत्वकै अघिल्लो सरकारले दुई वर्ष अघि चीन सरकारलाई दुर्लभ एक सिंगे दुई जोडी गैंडा चीन सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार प्रधानमन्त्री ओलीले चिनियाँ राजदुत यू मार्फत् चीन सरकारलाई एक सिंगे गैंडा बिहीबार हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा प्रधानमन्त्री ओलीले गैंडा हस्तान्रण कार्यक्रमले पनि दुई देशबीचको मित्रतापूर्ण सम्बन्धमा अझै सुधार आउने विश्वास व्यक्त गरे। उनले दुवै गैंडाको चीन सरकारले उचित हेरचाह गर्ने विश्वास पनि व्यक्त गरे।

गैँडाको रेखदेखबारे जानकारी दिन सरकारले चिनियाँ अधिकारीहरुलाई चितवन राष्ट्रिय निकुञ्जमै लगेर प्रशिक्षण दिएको थियो। बुधबार काठमाडौं ल्याइएको सो गैंडालाई चीनले विमानमा राखेर लैजाने छ। सरकारले अर्को एक जोडी गैंडा पनि छिट्टै चीन सरकारलाई हस्तान्तरण गर्नेछ। प्रधानमन्त्री ओलीले स्वास्थ्य परिक्षणसहित चीन सरकारलाई हस्तान्तरण गरिएको गैंडाको सुस्वास्थ्यको पनि कामना गरे।

नेपालले हालसम्म भारत, अमेरिका, जापान, थाईल्याण्ड, अष्ट्रियालगायत मुलुकलाई २६ वटा गैंडा उपहार दिइसकेको छ। विश्वमै दूर्लभ मानिने एक सिंगे गैंडा नेपालमा मात्रै पाईन्छ । नेपालमा हाल ६ सय ४५ वटा गैंडा रहेका छन्। ती मध्ये ६ सय ५ वटा गंैडा चितवन राष्ट्रिय निकुञ्जमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्