जासुसी क्यामेराबाट चोरी शिकारमा संलग्न पक्राउ

२९ असार, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जासुसी क्यामेराको सहायताले चोरी शिकारमा संलग्नलाई पक्राउ गर्न थालेको छ ।

चोरी शिकार हुन सक्ने सम्भावित नाकामा क्यामेरा जडान गरी निकुञ्ज कार्यालयले संरक्षित वन्यजन्तु, दुर्लभ जडीबुटी र काठ तस्करी रोक्नका लागि काम अगाडि बढाएको छ । निकुञ्जका विभिन्न ठाउँमा क्यामेरा राखिएका छन् ।

क्यामेराले निगरानी बढाउन थालेपछि चोरी शिकारका घटना न्यूनीकरण गर्न निकै टेवा पुगेको निकुञ्जका कावा मुख्य संरक्षण अधिकृत गोपाल घिमिरेले बताए । ‘दुई साताअघि मात्रै निकुञ्जको बागफाँटा नजीकको लगरघाट नजीक चोरी शिकारमा संलग्न भीमदत्तनगरपालिका–१९ का लौटन चौधरी र अमरसिंह रानालाई भरुवा बन्दूकसहित पक्राउ गरेका छौं’, उनले भने, ‘क्यामेरामा दुवैले लगुना मारेर फकँदै गरेको अवस्थामा देखिएपछि पक्राउ परेका छन् । राति १० बजे दुवै क्यामेरामा देखा परे, सोही आधारमा खोजतलास गर्दा १२ बजे निकुञ्जबाटै दुवैलाई पक्राउ गर्न सक्यौँ ।’

हाल दुवै निकुञ्जको हिरासतमा छन् । क्यामेरा राखिएपछि निकुञ्ज संरक्षण गर्न निकै सहज भएको अधिकृत घिमिरेको भनाइ छ ।रासस 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्