भुटानी शरणार्थी डाक्टर भम्पा राईककी श्रीमतीलाई प्रधानमन्त्री केपी ओलीले गरे १० लाख सहयोग

भुटानी शरणार्थी डाक्टर भम्पा राईको परिवारलाई उपचारका लागि सरकारले रु १० लाख सहयोग गरेको छ ।

विगत २७ वर्षदेखि झापाको दमकमा बस्दै आएका डा राईकी श्रीमती उर्मिलाका दुवै मृगौलाले काम गर्दैनन् । उनी नियमित डायलासिसको भारमा बाँचिरहेकी छन् । राई आफैं पनि विरामी छन् । राईको आन्द्राबाट रक्तश्राव नरोकिएपछि उनको दुई पटक शल्यक्रिया भइसकेको छ ।

राई दम्पत्तीको उपचारका लागि सरकारका तर्फबाट रु १० लाख, प्रधानमन्त्री केपी ओलीले व्यक्तिगत रुपमा रु १ लाख र दमक नगरपालिकाले रु ५० हजार सहयोग गरेका छन् ।

राई दम्पत्तीको उपचारका लागि सरकारको ध्यानाकर्षण गराउन र सहयोग जुटाउन १९ असारमा ललितपुरको यलमाया केन्द्रमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

नेपाली भाषी भुटानी नागरिकलाई त्यहाँको सरकारले लखेटेपछि उच्च ओहोदामा रहेर डाक्टरी पेशा गरिरहेका राई पनि शरणार्थीहरुसँगै नेपाल आएका थिए ।

भुटानी शरणार्थी साथै विपन्न समुदायका मानिसहरुको निशुल्क उपचार गरिरहेका उनी पछिल्लो समय बेसहारा अवस्थामा पुगेका छन् । राई दम्पत्तीका सन्तान छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्