श्रावण अन्तिम हप्तामा कक्षा १२ को नतिजा आउने

२०७५ सालमा संचालित कक्षा १२ को नतिजा यहि श्रावण अन्तिम साता सम्ममा प्रकाशित हुने छ । परीक्षा नियन्त्रण कार्यालय एक अधिकारीका अनुसार विभिन्न केन्द्रमा सम्परिक्षणको काम धमाधम भैरहेको र चाडै डाटा इन्ट्री र रुजु गर्ने कामसमेत सुरु गरिने बताइएकोे छ । “नतिजा सम्भव भएसम्म श्रावण तेस्रो साता नभए अन्तिम साता सम्म प्रकाशन गर्ने गरि काम गरिरहेका छौं, ” उनले भने ।

पहिलो चरणमा बिज्ञान बिषयको नतिजा प्रकाशन हुने र त्यसको केही समय पछि अन्य संकायको नतिजा प्रकाशन गरिने बताइएको छ । “सबै संकायको नतिजा एकैपटक प्रकाशन गर्ने कुरा समेत भैरहेको छ, तर यस बारेमा अहिल्यै केहि भन्न सकिदैन, ” उनले भने ।

अक्षराङ्कन (ग्रेडिङ) पद्दतिमा आधारित रहेर प्रकाशित हुन लागेको नतिजामा विभिन्न विषयमा ‘डी’ वा सो भन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि गराउन चाहाने परीक्षार्थीको लागि ग्रेडवृद्धि परीक्षाको समेत व्यवस्था छ । २०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।

नतिजा कसरी हेर्ने ?

नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्