महामारी फैलिन नदिन बाढी प्रभावितहरुका निम्ति सूर्यविनायक नगरपालिकाले खानेपानी वितरण सुरु गर्यो

बाढी प्रभावितहरुका निम्ति सूर्यविनायक नगरपालिकाले खानेपानी वितरण सुरु गरेको छ । बाढीकै कारण खानेपानीमा देखिएको समस्या न्यूनीकरण गर्न तथा शुद्ध खानेपानीको अभावमा हुनसक्ने झाडापखाला, हैजा जस्ता महामारी फैलिन नदिन खानेपानी वितरण गरिएको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले बताए । उनले भने, ‘नियमित रुपमा खानेपानी सूचारु नहुन्जेल नगरपालिकाले घरघरमा खानेपानीको व्यवस्थापन गर्नेछ ।’

बाढी प्रभावितहरुका निम्ति तत्काल राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा बैठक बसी आवश्यक सहयोग गर्ने निर्णय भइसकेकाले नगरपालिकाले तत्कालै केयूकेएलसँग समन्वय गरी घरघरमा खानेपानी पु¥याउने व्यवस्था मिलाइएको थापाले बताए ।
त्यसको साथै बाढी प्रभावितहरुका निम्ति आवश्यक खानेकुरा, लत्ताकपडा, टेण्ट लगायतका सामग्रीको वितरण गर्नको निम्ति प्रतिनिधि सभा सदस्य महेश बस्नेत, प्रदेश सभा सदस्य शशिजंग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र मार्फत प्रत्येक वडाका वडाअध्यक्षलाई समन्वय गर्न सकिने संयन्त्र तयार गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्