गायक तथा संगीतकार रबि रिमाल दोश्रो ओ.एस.नेपाल अवार्डबाट सम्मानित

करीब दुई दशक भन्दा बढी समयदेखी साँगितिक क्षेत्रमा कृयाशिल गायक तथा संगीतकार रबि रिमाल हालै दोश्रो ओ.एस.नेपाल अवार्डबाट सम्मानित भएका छन । लगभग एक बर्षअघी ए बि र सि डि गीत मार्फत सांगितिक क्षेत्रमा कम्ब्याक गरेका उनी पुराना पुस्ताका चर्चित गायक मध्ये एक हुन ।

आज भन्दा कारीब २० बर्ष अगाडि निकै नै चर्चित गीत “चरी उड्यो बादल छुनलाई” मार्फत चर्चामा आएका उनी त्यस ताका चर्चित साँगितिक ब्याण्ड स्याडरोज बाट प्रतिनिधित्व गर्थे । लगभग केही समय यसै क्षेत्रमा बिताएपछी समुहका सबै साथीहरु कोही बिदेशिएको र कोही भने घर परिवारका कारण सँगितिक क्षेत्रबाट टाढिएको तितो अनुभब पनि सुनाउछन ।

यस्तै तिता मिठा अनुभब सुनाउदै अहिले फेरी दर्शक श्रोताको मायाका कारण अाफु पुन: यसै क्षेत्रमा पुरानाे गीत तथा नयाँँ गीतहरु लिएर साँगितिक बजारमा देखिन थालेका छन र उनको अहिले चर्चा पनि त्यतिकै चुलिदो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्