डा. केसीको सस्तो लोकप्रियता धेरैदिन टिक्दैन : युवानेता वस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. १ का इन्चार्ज पर्शुराम बस्नेतले अवको दिनमा युवाहरु झण्डा र डण्डमा सडकमा आई सडक आन्दोलन नगर्ने बताउँदै डा. गोविन्द केसीले जुम्लामा गरिरहेको आमरण अनसन सस्तो लोकप्रियता रहेको र त्यो क्षणीक मात्र भएकाले धेरै दिन नटिक्ने बताएका छन् ।

समृद्ध नेपाली सुखी नेपालीको संकल्प वोकी वर्तमान सरकार अघि वढेको बताउँदै राष्ट्र र राष्ट्रियतालाई कसैले आफ्नो मुठ्ठीमा राख्न खोज्ने जो कोही प्रतिगामि तत्वहरु सफल नहुने दावी गरेका छन् । उनले गलत गतिविधि तथा गलत प्रकृयाका साथ कसैको चुनौतिले बर्तमान सरकार नढल्ने बताउँदै कसैले विकास र समृद्धिलाई असफल बनाउन खोज्छ भने वर्तमान सरकारले त्यसलाई निस्तेज गर्ने बताए । वर्तमान सरकारका विकास र समृद्धिका लक्ष्य, नीति तथा कार्यक्रम देखेर प्रतिपक्षि दल आत्तीएकोले कसैलाई प्रयोग गरी सदन अवरुद्ध गरी सरकारलाई गलाउने प्रयासमा लागेको तर त्यो कदापी सफल नहुने दावी गरे । जनताले दुई तिहाईको हाराहारीमा मत दिई देशलाई विकसित तथा परिस्कृत वनाउने जिम्मा दिएको वर्तमान सरकार जसले देशमा रहेको असमानता, अन्धविश्वास, कुरीतिहरुलाई निस्तेज गरी समृद्ध नेपाल र सुखी नेपाली बनाउनेमा कुनै संका नभएको बताए ।

वर्तमान सरकारको विरुद्धमा प्रतिपक्षि दलले विभिन्न प्रकारका भ्रम तथा त्रास फैलाउने कार्य गरेको भन्दै उनले भने गैरलोकतान्त्रीक प्रकृयावाट कोही पनि अघि वढ्न नहुने बताए । डा. केसीको केही मागहरु जायज भएको तर कुनै व्यक्तिले सरकारलाई यो या त्यो गर भनेर निर्देशन दिनु उपयुक्त नहुने बताउँदै वर्तमान सरकारले आम नेपाली जनताको भावना, चाहानालाई मध्यनजर गरी मेडिकल कलेज खोल्न स्विकृति दिने या नदिने भन्ने निर्णय गर्ने बताए । सरकारलाई सुझाव दिन सकिने तर सरकारलाई चुनौति दिने र सरकारनै ढाल्छौं भन्ने गलत गतिविधिले सरकार नहल्लीने बताए ।

विश्वको इतिहासलाई तथा नेपालको इतिहासलाई हेर्ने हो भने ठूला ठूला आन्दोलनहरु भए र त्यसको समाधान वार्ता र सम्वादनै भएकाले डा. केसीले वार्ताको माध्यम अपनाउनुको कुनै विकल्प नभएको भन्दै आन्दोलन छोडी वार्ता, सम्वादमा आउन आग्रह समेत गरेका छन् । त्यस्तै उनले डा. केसीलाई कसैले पात्रको रुपमा प्रयोग गरेको समेत बताए ।

कुनै पनि विकास र समृद्धि भनेको जादुको छडि झैं एक पटक नहुने भन्दै वर्तमान सरकारले आफ्नो कार्यकाल भरमा जनतालाई अनुभुति हुने गरि कार्य गरी जनमुखी कार्य गर्नेमा सवैलाई ढुक्क हुन आग्रह समेत गरे । वर्तमान सरकारको अर्जुनदृष्ट्रि नै विकास भएकाले आगामि पाँच वर्षमा विकासका सवै ढोकाहरु खुल्ला गरिने बताए ।

देशमा ठूलो समस्या भनेको वेरोजगार भएकाले यसको समस्या समाधान गर्नको लागि सरकारले आधुनिक कृषि, उद्योग, कलकारखाना तथा उत्पादनमुलक क्षेत्रमा युवालाई जोड्नुपर्ने बताउँदै शैक्षिक प्रमाणपत्रको आधारमा ऋणको व्यवस्था गर्ने योजना अघि ल्याएको जसले गर्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भावनाको युवाहरुमा विकास हुने बताए । वर्तमान सरकारले एक घर एक रोजगार, एक घर एक विरुवा जस्ता धेरै कुराहरुको अभियान शुरुवात भईसकेकोले आगामि दिनमा नेपाली युवाहरु खाडी मुलुकमा जानुपर्ने बाध्यताको अन्त्य हुने बताए । आत्मानिर्भर हुन आफैले केही गर्नुपर्छ भन्ने भावनाको विकासका क्रममा युवा संगठनले कृषिमा आधुनिकीकरण गर्दै खेतीमा सवै युवा संचालन गरेको समेत वताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्