विश्वकप फुटबलको २२औं संस्करणको पहिलो पटक चिसो मौसममा हुने

२२औं सस्करणको फिफा विश्वकप कतारमा हुँदैछ । यो संस्करणको विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने छ । अहिलेसम्म गर्मी मौसममा हुँदै आएको विश्वकप २०२२ मा भने पहिलो पटक चिसो मौसममा हुने भएको हाे । फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोले घोषणा गरेको कतार विश्वकपको मितिले इतिहास नै रचेको छ ।

अल रायन रंगशाला

२१औं संस्करणसम्म आइपुग्दा सबै संस्करण जुन-जुलाईमा हुँदै आएका छन् । नोभेम्बर र डिसेम्बरमा विश्वकप हुने भएपछि क्लबहरुले आफ्नो फुटबल क्यालेन्डर पनि परिवर्तन गर्नु पर्नेछ । फुटबलका अधिकांश घरेलु लिगहरु अगस्ट देखि अप्रिलसम्म हुने गरेका छन् । तर सन् २०२२ मा लिगको मितिमा परिमार्जन गर्नु पर्नेछ ।

अल वाक्राह रंगशाला

‘आउँदो विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८, २०२२ मा खेलाइनेछ’, मस्कोमा आयोजित पत्रकार सम्मेलनमा जियान्नी इन्फान्टिनोले भने, ‘सबै लिगहरुलाई सूचना दिइसकिएको छ र उनीहरुले त्यसै अनुसार आफ्नो क्यालेन्डर परिमार्जन गर्नेछन् ।’ ३२ टिम समावेश गरेर खेलाइने यो अन्तिम विश्वकप हुनेछ । सन् २०२६ मा उत्तर अमेरिकामा हुने विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ ।

खालिफा अन्तर्राष्ट्रिय रंगशाला, दाेहा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्