डा. गोविन्द केसीकाे जीवन रक्षाकाे माग गर्दै माइतीघर मण्डलामा विराेध प्रदर्शन

सरकारले निषेधित क्षेत्र घाेषणा गरेकाे माइतीघर मण्डलामा प्रदर्शन सुरू भएकाे छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीकाे जीवन रक्षाकाे माग गर्दै विराेध प्रदर्शन सुरु भएको हाे ।

डा. केसीको जीवनरक्षा र उनले उठाएका माग पूरा गर्न सरकारलाई दबावस्वरुप सुरू भएकाे विराध जुलुस बानेश्वरमा पुगेर सभामा परिणत हुनेछ । विभिन्न पेशागत संघसंगठन र विभिन्न व्यापारिक संघ संगठनले प्रदर्शन गरेका हुन् ।

साे विराेध प्रदर्शनमा पूर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापा, पुर्वप्रधानन्यायाधिशहरू सुशीला श्रेष्ठ, कल्याण श्रेष्ठ तथा नेपाल चिकित्सक संघ, ईन्जिनियर एसोशिएशन, बार एशोशिएसन लगायत रहेका छन् ।

साथै माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नागरिक अगुवाहरु कृष्ण पहाडी, चरण प्रसाईं, उज्ज्वल थापा, रबिन्द्र मिश्र लगायत प्रदर्शनमा सहभागी रहेका छन् । डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले पनि साे प्रदर्शनमा एेक्यबद्धता जनाएका छन् ।

चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि भन्दै दुई हप्ता देखि जुम्लामा अनसरत डा. गोविन्द केसीको समर्थनमा बृहत प्रदर्शन गरिएकाे बताइएकाे छ । डा. केसी १५ औँ पटकको अनसन बसेको पनि १५औ दिन भइसक्दा पनि सरकारले समस्या समाधान तर्फ चासो नदिएको भन्दै उनीहरुले सरकारलाई दवाव दिन सडकमा उत्रिनु परेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्