म्यानमारमा पहिरोमा परेका २३ शव भेटिए

याङ्गुन। म्यानमारको काचिन राज्यमा गत साताको पहिरोमा परी हराइरहेका व्यक्तिमध्ये २३ जनाको शव भेटिएको उद्धारकर्ताहरुले जनाएका छन्। अविरल वर्षासँगैको पहिरोमा परेर २७ जना स्थानीयबासी पुरिएका थिए।

काचिन राज्यको एक स्थानीय टेलिभिजन ‘७ डे न्यूज’ ले आइतबार साँझसम्ममा हराएकामध्ये २३ व्यक्तिको शव भेटिएको जनाएको छ। अरु चार जनाको खोजी भइरहेको छ। तर उनीहरुलाई पनि जीवितै उद्धार गर्न सक्ने सम्भावना भने नरहेको अधिकारीहरुले जनाएका छन्।

उक्त राज्यको सेकी मुन भन्ने गाउँमा रहेको एक कम्पनीको वरिपरि लगाइएको ९१ मिटर अग्लो पर्खाल मङ्गलबार बिहान अकस्मात भत्किएर सो दुर्घटना भएको थियो। पर्खाल भत्किएसँगै गएको पहिरोमा परेर उक्त कम्पनीको नजिकको बस्तीमा रहेका स्थानीयलाई बगाएको थियो।

म्यानमारको उक्त राज्य उत्तरतर्फ पर्छ र त्यो विशेषगरी खानी इलाका हो। सो इलाकामा मनसुनी वर्षाको समयमा पहिरोको निकै जोखिम हुने गर्दछ।

उक्त क्षेत्रमा यही जुलाई १४ मा पनि दुई ओटा छुट्टाछुट्टै पहिरोमा परी कम्तीमा १७ जनाको ज्यान गएको थियो। त्यसमा परी अरु ४३ जना घाइते भएका थिए। एएफपी रासस 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्