नयाँ नेत्रित्वको आगमनसंगै सोमबारे बजारले फेर्यो मुहार : सुरु भयो सरसफाई अभियान

मोरंगको पथरीशनिस्चरे वडा नम्बर ८ स्थित सोमबारे बजारमा सफा सोमबारे निर्माण अभियानको आज बाट सुरुवात भएको छ ।

बजार व्यवस्थापन समितिका अध्यक्ष नबिन जंग कार्की लगायत अन्य पदाधिकारी र स्थानिय बासीहरुको उपस्थितीमा आज बाट बजार सफाई सुरु गरिएको थियो । स्थानीयले कुचो लिएर बजार क्षेत्रको सरसफाई गरेका थिए । यस अभियानमा सोमबारेबाशीहरु द्वारा प्रतेक हप्ता सोमबारका दिन सबैले २ घण्टा बजार सफा राख्ने निर्णय अनुसार सरसफाई कार्यक्रम भएको अध्यक्ष कार्कीले बताए।

यो अभियान सगै बजारको बार्षिक आम्दानी पनि बढेर गएको छ बजार सफा गर्ने व्यक्तिले १० हजार रुपैया लाने गरेको थियो त्यो आम्दानी आफ्नै बजार निर्माणको लागी जोगिएको स्थानिय कर्ण राजबंशी बताउछन् ।समितिले स्थानीयहरुसँग अन्तरक्रिया गरी बजारका पुराना टहरा भत्काएर ट्रसवाला बनाउने, कृषि बजारमा दर्ता गराउने, पार्किङलाई व्यवस्थित गर्ने, बजारलाई पूर्ण सरसफाइयुक्त बनाउने निर्णय गरेको थियो ।

भर्खरै नव गठित बजार व्यवस्थापन समितिमा युवाहरुको बाहुल्यता बडेदेखी बजारको रुपनै फेरिने संकेत देखिएको स्थानियबाशीहरु बताउछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

पुरानो समाचार खोज्नुहोस्